संसार सुन्दर छ , बस मान्छेको नियत सुन्दर भएन ,हामी सबैको नियत सुन्दर भैदिन्थ्यो भने हामी देवता कहलिन्थ्यौ , सिङ्गो संसार स्वर्ग बन्थ्यो । तर हामी देवतामा लोकतन्त्रिक पद्दतिको स्वतन्त्रता अल्लि कम देख्छौ ।


म हिजो कामले किर्तिपुर गएको थिए । Tu मैदान नजिकैको चौरमा घाम ताप्न आएका साधुसङ्ग एकैछिन भलाकुसारी भयो । उनको किर्तिपुरमा आफ्नै घर रहेछ । भिक्षा माग्दै हिड्दा आफ्नै घरको आगनसम्म आईपुगेका रहेछ्न , साधु बनेपछी मेरो घर यतै छ भन्नेपनी बिर्सिएर आगनमा टुप्लुक्क आईपुगेछु । कस्तो कस्तो लाग्यो , भिक्षा नमागी फर्किएर सरासर यतैतिर थकाई मार्न आईपुगे । साधुले बोल्दा बोल्दै गम्भीर भएर लामो सुस्केरा फेरेका थिए ।

अनि तपाईको घरमा तपाईलाई कसैले चिने कि चिनेनन? , मैले कौतुहलतामै प्रश्न गरेको थिए । कसरी चिनुन , यत्तिका लामो समय भयो ,२२ बर्षमा मा घर छोडेको थिए ४२ बर्षपछि घर फर्किएर के चिन्नु ? , मैले चिनिहाले , चसक्क मुटुमा काडा बिझेजस्तो भयो , फरक्क फर्किएर आए , उनी बढो भावुक हुँदै बोले ।

photo credit : google



त्यस्तो कलकलाउदो उमेरमै घर छोड्ने रहर थियो कि बाध्यता ? , म अंक गणितिय प्रश्न तेर्साउछु । अकमक्कतापुर्ण रहर , खासमा मोक्ष प्राप्ति गर्नको लागि घरबाट निस्किएको , एक दुई बर्षसम्म त घरै फर्किएर आउ आउ जस्तो लाईरह्यो , पछि शिवरात्रीमा आएका जोगीसङ्गै हरिद्वार पुगे , उतै आश्रममा झाडु , पोछा लगाउने काम पाए , बिस्तारै घर परिवार सबै भुलियो ।

संसार पनि बिर्सिनुभयो ? , म रोमान्चित हुँदै प्रश्न गरे । जहाँ जसरी बाच्यो , संसार आफुवरिपरी नै घुमफिर गर्दो रहेछ , संसार भुल्न त बिलय नै हुनुपर्ने रहेछ । अबस्था अनुरुपको बाताबरण , समय अनुरुपका समस्याले कहि गएपनी नछोड्दो रहेछ । बाचुन्जेल ईर्ष्या , लोभ , माया , मोह लाई घटाउन कोसिस गर्ने मात्र रहेछ , मेटाउन नसकिदो रहेछ । आफुलाई ब्रह्मचारीहरु हु भन्नेहरु पनि कालो रातको प्रतीक्षा गर्दै यौनको तातो भड्खालोमा हाम्फाल्न आतुर भएको देखेको छु , भिक्षा माग्दै जादा म आफै दुईपटकसम्म झुक्किएर कोठिमा पुगे । भर्खरको २६ २७ बर्षको तन्नेरी म , च्याप्पै समाते खपिनसक्नु भयो , म सन्त हु भन्यो , झनै मुसार्छ्न , जसो तसो ज्यान बचाएर कुलेलाम ठोके , साधु बोल्दा बोल्दै खित्का छोडेर हास्न थाल्छ्न । मलाई उनको हासोले कुतकुताउछ , खित्का छोड्छु ।

ओहो ! , तपाईको कथा त फ्लिम बनाउन मिल्नेखालको पो रहेछ , म अतिरन्जित हुँदै बोल्छु । तपाईं फ्लिम बनाउनुहुन्छ ? , खेल्नुहुन्छ तपाईं ? , मलाई त अभिनय आउदैन , तर मैले धेरै फ्लिमको सुटिङ्ग हेरेको छु पैसा नतिरी फ्रि , दुई चार वटा फ्लिममा म देखिएको पनि छु , उनि आफ्नै अन्दाजमा मुस्कुराउछ्न । म फ्लिम बनाउदिन , लेख्छु , अझ भनौ लेख्ने रहर गर्छु , बास्तबिकताको धरातलमा टेक्दै म बोल्छु । अच्छा लेख्नुस लेख्नुस , सबैले आफ्नो आफ्नो धर्म निभाउने हो ,यति भन्दै साधु जुरुक्क उठ्छ्न र लिन्ठिङ लिन्ठिङ Tu मैदान को बिच बिचै पाईलाहरु अगाडी बढाउछ्न । साधुको घर परिवार कोहि हुदैनन , तर सिङ्गो संसार नै आफन्त हुन्छ , तर बाचुन्जेल गन्तव्य हुदैन , ठेगाना हुदैन । उनि टाढिएको हेर्दै मनमनै आफैभित्र कानेखुसी गरिरहन्छु र बैचारिक चिन्तनको एक अनन्तयात्रामा निस्किन्छु...

Comments

Popular posts from this blog

अकविता : खोला