पन्चायतको हावा खाएर बित्नुभएको
मेरो हजुरबा
उहीँ फाटेको चप्पलअनुहारमा एकनासको अलमल लिएर
हिजो पनी मेरो सपनामा आउनुभयो
र भन्नुभयो
नाति देश अझै बन्न सकेको छैन है ?
हहुरबाले निरासाको गहिरो सुस्केर हालेर बोलिरहदा
म झस्याङ्ग भएर निन्द्राबाट ब्युझिए.....
हजुरबालाई नेपाल बन्छ भन्ने बिश्वास कहिल्यै लागेन । राजाको जर्जर शासन , बिपिको थरथर राजनीती देखेर हैरान हुनुहुन्थ्यो । फुरफुर बहुदलले मेरा बाको नेपाल बन्ने सपना चकनाचुर भयो । अहिले हामीले बरबर मात्रै गर्ने नेता पाएका छौ , अनि बदलामा सर्बमान्य हुनेगरी कानुनी तवरले गणतन्त्रान्तिक मुलुकका सुखीत जनताहरु भनेर कागजी अक्षरमा गुलाम भएका छौ , त्यसैभित्र हाम्रो नीति नियम चलिरहेको छ ,हामी चलिरहेका छौ राजनितिक पद्दती चलिरहेको छ ।
सुखी र समृद्ध भन्ने शब्दकोशका दुई बाक्य आज सबैभन्दा बढी कलंकित बनेको छ । शक्ति र सम्पन्नताको लोभमा फसेको मानिसले आफ्नो चरित्र हत्या गर्छ , उभित्र चेतना रहदैन । उ आफुले गर्ने हरेक दुष्ट प्रयासलाई नितिपरक ठान्छ । आज नीति नियम सिद्धान्त बिपरित चलिरहेको छ , अमरकोष लास बनेको छ , हितोपदेश सहिद भएको छ । मलाई पनि मेरो देश बन्छ जस्तो लाग्दै लाग्दैन । आखिर उहीँ हजुरबा को नाति भएर होला
ज्यादा भोक शत्रु हो , ज्यादा लोभ बिषालु हुन्छ । भोक मेटाउन चरित्रमा कहिल्यै दाग लाग्ने काम गर्नुहुदैन । कामलाई पैसामा हैन , passion मा खोज्नुपर्छ । मेरो हजुरबा जो सङ्ग कुरा गर्दा यहि भन्नुहुन्थ्यो । एक हिउदको सिजनमा दमको रोगले च्यापेर हावा कम भएपछि उहाँ सदा सदाको लागि अलाप हुनुभयो , आजसम्म हजुरबाको बिलापमा छु ।
हाम्रो देशका जनता " हामी "सुरुदेखी सब्जी बेसनमा ब्यस्त भयौ । फेसन गर्नेतिर हाम्रो ध्यान जानै पाएन । यता अर्काथरी anyhow आफुले power खोस्ने भिजनमा लाग्दै गए । दरबार सधै शक्तिको चरम लालचमा डुबिरह्यो । स्थिर शक्तिको केन्द्रघर बन्न पाएन , सकेन , दिएनन । आजको दिनसम्म थुप्रै शासक फेरिए , ब्यबस्था परिवर्तन भयो ,तर हाम्रो दिमागमा सम्झिन लायक नेता , राजा , शासक, कौटिल्य , पवनपुत्र , मलमुत्र , दुष्ट , निष्ठ , बिशिस्ट जे जति जे जस्तो उपमा दिएपनी भएका उनै एक पृथ्वीनारायण शाह मात्र हुन । उनिसङ्ग गजबको passion थियो । आफ्नो सिङ्गल decision मा टुक्रा टुक्रा भुभागलाई addition गर्दै लगे । मिसन सफल पारे , सिङ्गो देश बनाए । तरपनि सत्ताको addiction मा शासकहरु फसिरहे । पृथ्वीनारायण शाहप्रती आजपनी हरेक नेपालीको मनमा इज्जत छ । मोबाईलको हाम्रो किबोर्डले समेत पृथ्वी लेखेर नसिध्ध्याउदै पृथ्वीनारायण लेखेर देखाईदिन्छ । उनको इज्जत कसैले मेटाउन खोजेर मेटिदैन । उनिप्रती हार्दिकता प्रकट गर्दछु ।
कर्मचारी भन्नेबित्तिकै मुलत भविष्यमा पेन्सन खोज्नेहरु हुन भन्ने बुझिन्छ । तर खै किन हो , उनिहरु नै झन बढी टेन्सनमा हिडिरहेका हुन्छ्न । देशलाई खोक्रो बनाउन कर्मचारी तन्त्रको उल्लेखनिय योगदान रहिआएको छ । राजनितिक अस्तिरथा , असैद्दान्तिक पद्दती , कमजोर कानुनी शासन ब्यबस्थाको निरन्तरताले कर्मचारीमा उत्प्रेरणाको कमी र क्रमिक रुपमा कर्म प्रतिको मोह , लगाव घट्दै गयो । आज हाम्रो देशमा असल , निष्ठावान कर्मचारी औलामा सजिलै गन्न सकिन्छ ।
प्रहरी मेरो साथी भनेर लेखिएको धेरै भयो , तरपनि आजसम्म कसैको बेस्ट फ्रेन्ड बन्न सकेन । सोझा जनता टाढाबाट पिलपिल बत्ती बालेर एम्बुलेन्स आएपनी प्रहरीको गाडी आयो भनेर तर्सिन्छ्न । प्रहरीको धेरै कुरा गर्नपनी डर लाग्छ ।
राजा फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको आज दशौ बर्ष नाघिसक्यो । तरपनि प्रजाहरुको सपना जुनकिरिको धिपधिप उज्यालोमुनि छ । ढुङ्गेयुग देखि बलिदान दिदै कलियुगसम्म आईपुग्दासम्म आजपनी शक्तीकै लागि ढलिमली चलिरहेको छ । दुखको कुरा , यो पद्दती लाई जरैबाट निर्मुल परेर शान्ती , सुख कायम गर्न सक्ने बाहुबली कोहि जन्मिन सकेका छैनन । परिवर्तनको सम्बाहक बनेर न म जन्मिए , न तपाईहरु । हाम्रो चरित्रमा आजसम्म हामी स्पष्ट जानकार हुनसकेका छैनौ ।

Comments
Post a Comment