अकविता : खोला

खोलाहरु कस्ता हुन्छ्न?
कसरी माछाहरुले ढडिया छल्छन ?
माछिहरुले कसरी गुजारा चलाउछ्न?
कसरी खोलाहरु बेगले बग्छ्न
खेल्नेहरु कसरी कुना काप्चा लुक्छ्न?
ढुङ्गाहरु कसरी बालुवा बन्छ्न ?
बालुवामा कसरी कर्कलो जन्मिन्छ?
कसरी?
मलाई थाहा छैन
एकबार
अम्मी जानको नजर छलेर
पर परसम्म खोला खोज्न निस्किएको थिए
खोला खोला भनेर चिच्चाए
आउ , आउ भनेर बोलाए
न मैले खोला भेट्टाए
न मलाई खोज्दै खोला आयो
दुबै दुबैतिर हराईरह्यौ
पछि अबुजानले मलाई भेट्टाएपछी भन्नुभयो
छोटेमिया ,
हाम्रा खोलाहरु किताबमा छ्न
किताबभित्रै छल्किन्छ्न
हामी समतलमा बस्छौ
हाम्रा खोलाहरु किताबभित्रै बाच्छन
किताबसङ्गै मर्छ्न ! बग्दैनन , भेटिदैनन
यहाँ जिवनका आसामात्र भेटिन्छ्न
जिवनलाई हुकुम गरेर बसिरहन्छ्न, बाचिरहन्छ्न
मेरो अबुजानले आकास हेरेर बोलिरहनुभयो
मेरो अबुजानले जादु देखाउनुहुन्छ
म खोला खोला भन्दै रोएको दिन
माथिबाट धेरै थोपाहरु खस्छ्न
मम्मीजान सुनाउनुहुन्छ
हाम्रो अल्लाहसङ्ग थोपाहरु छ , खोला छैन



परपर टोलाएर हेर्दा
मम्मीजानको आखामा पनि खोला देखिन्छ
अबुजानको आखामा पनि खोला देखिन्छ
मेरो आखामा पनि खोला देखिन्छ
तर पर परसम्म खोला भेटिदैन
अबुजान भन्नुहुन्छ
आखामा किताबका खोलाहरु टासिएका छ्न
देखिन्छ्न , भेटिदैनन
तर मलाई लाग्दैछ
कतै पर खोला छ
सायद क्षितिजभन्दा पर
खोलाला क्षितिजले ढाकेको छ
कतै बस्तीले लुकाएर राखेको छ
जहा ती किताबका मान्छेहरु बस्छ्न
सुन्नुस , न
तपाईहरु ती किताबका मान्छेहरुलाई चिन्नुहुन्छ भने
खोला बोकाएर मेरो ठाँउमा पठाईदिनु है
एक हप्ता भएमात्र पुग्छ
म खोला हेरिसकेपछी फिर्ता पठाईदिन्छु
मेरो ठेगाना टिपेर राख्नुस त
म अब्दुल मिया
मरुभुमीबाट

Comments

Popular posts from this blog