तिमी कमजोर भईसक्यौ , एक मिनेट पनि टिक्न सक्दैनौ ,उ बोल्दा बोल्दै खाटबाट जुरुक्क उठ्छे र झ्याल नजिक गएर चुरोट सल्काउछे । डिनर टाईममा छेउको कोठाभित्र छिरेका चाईनिज जोडीहरु अझैसम्म मच्चिरहेका छ्न , उनिहरुको कोठाबाट घ्याच घ्याच आवाज आईरहेको छ ।


एकपल्ट फेरि कोसिस गर्छु , म उनलाई फकाउन झ्यालतिर लम्किन्छु । उ चुरोटको धुवा उडाउदै झ्यालबाहिर चिहाईरहेकी छ । समुन्द्री किनारमा एक प्रेमिल जोडी अङ्गालोमा बाधिएर चुम्बन गरिरहेका छ्न , छेवैको रेस्टुरेन्टमा मेलोडियस म्युजिक बजिरहेको छ । केटी आफ्नो हातले केटाको कपाल सुम्सुमाईरहेकी छ , केटाले एकान्तपनको मौका छोपेर केटीको बस्त्रभित्र आफ्नो हात छिराएको छ , उसको हात अध्यारोमा बाटो बिराएको यात्रुजस्तो भईरहेको छ।

म बाहिरको नजरा देखेर थप रोमान्चित हुन्छु । आफ्नो हातलाई जबरजस्ती उसको तिघ्रामा लगेर रोक्छु , उ फरक्क फर्किन्छे , मलाई बेवास्ता गर्दै टेबलतिर जान्छे र एसट्रेमा चुरोट निभाउछे । म झोक्किदै उ तिर लम्किन्छु , उसलाई च्याप्प समात्छु र खाटमा लडाउछु । उ अझैपनी तयार हुने छाटकाट देखिएको छैन । एकपटक , म उसलाई फकाउन खोज्छु , उ यसपाली नरमताका साथ आफ्ना सबै कपडा खोल्छे । म उमाथी जाईलाग्छु , तर कम्मर भाचिएजस्तो महसुस हुन्छ । एया , म चढ्दा चढ्दै ओर्लिन्छु । कोखामा सुई गडेजस्तो हुन्छ ।




मलाई आफुप्रती भयांकर रिस उठिरहेको छ । सकिनसकी उठ्छु । एस्ट्रेमा उसले निभाएको चुरोट सल्काउछु । उ आफ्नो नाङ्गो शरीरलाई झ्याल नजिकै लगेर उभाएकी छे । एकपटक सरसर्ती निहाल्छु , बर्षोदेखी आफुअगाडीको रसिलो भोजन खान नसकेर आफैभित्र सुख्खा महसुस गरिरहेको छु ।

रोजीसङ्ग पनि मलाई उस्तै समस्या भईरहेको छ , जुन समस्याको सिकार मेरो पहिलो बुढी हुनुपरेको थियो । जिन्दगीभरी समाजले उभित्र बाझोपनको समस्या देखे । समस्या मभित्र थियो , उसले आफू असल श्रीमती बनेर मेरो कमजोरी लुकाईदि । सायद जिवनको उतरार्धमा उभित्र यौन चाहाना पलायो , जुन चाहाना पूरा गरिदिने मभित्र क्षमता थिएन , र मैले उसलाई छेकिन पनि । सम्बन्धको १२ बर्षपछि हामीदुईको सम्बन्धबिच्छेद भयो । रोजी सम्बन्धबिच्छेद भएको तीन बर्षपछि भेटिएकि थिई ।

म छ बर्षको हुदा छतबाट खसेर ब्याक बोन भाचिएको अलिअली याद छ मलाई । मेरो पछाडी ढाडमा दुईवटा रड राखिएको छ । म सुत्दा उठ्दा सुई गडेजस्तो हुन्छ । म उफ्रिन सक्दिन , मच्चिन सक्दिन । जीवनभरी म यौनको अतृप्त प्यासमा बाचिरहेको छु , तड्पिरहेको छु । मभित्र यौन भोक जाग्छ , अतृप्त चरम यौन प्यास मडारिन्छ , कपडा खोलेर चढ्छु , चसक्क सुई घोचेजस्तो हुन्छ , ओर्लिन बिबश हुन्छु , आफैमा नैराश्यता महसुस हुन्छ ।

अब सुतम है , रोजी सुत्ने तर्खर गरिरहेकी छ । म हीनताबोध महसुस गर्छु । उसले आफ्नो नाङ्गो शरीर ढाकिसकेकी छ । रोजी , म उसलाई बोलाउछु । उ खाटमा आडेस लगाउदै मतिर हेर्छे । म आट बटुल्छु । " म जीवनभरी तिम्रो यौन प्यास मेटाउन सक्दिन । " , म बोल्दाबोल्दै पुलुक्क उसको अनुहार हेर्छु । उ अनुहारमा फेरबदल देखिदैन । उ मेरो कुरा सुनेर बिस्तारामा पल्टिन्छे र सिराकले शरीर गुटुमुटु पार्छे । उ के सोच्दैछ होला? , के उ पनि समाजको अगाडी असल श्रीमती भएको अभिनय गर्न सक्षम होलि ? , उभित्रको सुषुप्त यौन भोकले उसलाई चिमोटिरहेको छैन होला ? , म भित्र कयौ सबाल सलबलाईरहेका छ्न । म उसको नजिक पल्टिएर चुपचाप बसिरहेको छु । कोठामा गहिरो मौनता छाएको छ । उ सिराकले आफ्नो मुख छोपेर लामो सास फेरिरहेकी छ । परको कोठामा चाईनिज जोडी कुटेजस्तो रोएजस्तो आवाज निकालिरहेका छ्न । उनिहरुको खाट एकनासले चुई चुई गर्दै कराईरहेको छ ।

Comments

Popular posts from this blog

अकविता : खोला