चुरोट : आत्मकथा | Ciggrate : Autobiography |
नमस्कार ,मेरो नाम चुरोट हो । अंग्रेजका दाजुभाईले मलाई सिगरेट पनि भन्छन । मेरो आमाको नाम पनि चुरोट ,बाको नाम पनि चुरोट र दाजुबहिनीको नाम पनि चुरोट नै हो । मेरो नाम कुन युगको कुन दिनमा राखियो ,त्यो म ठोकुवा नै गरेर भन्न सक्दिन । तर मेरो ईतिहास मानब सभ्यता जत्तिकै पुरानो छ । मेरो लिंग के हो ,गोत्र के हो ,राशि के हो ,मलाई थाहा छैन । मानिसहरुलाई सायद समाज बिस्तार र आर्थिक क्रान्ति गर्दा गर्दै मेरो लिंग छुट्टाउने फुर्सद नै भएन । मेरो जन्मघर factory हो ,मामाघर थाहा छैन ,सायद सर्बिया हुनुपर्छ । त्यहाँ म अत्याधिक रुचाईन्छु अरे । अझ नातावादको जालोमा बाधिएर प्रसंग कोट्टाउने हो भने धुवा आउने जति सबै मेरा बुबा पट्टिका आफन्त हुन् र धुवा नआउने सबै नसाजन्य सामाग्री मेरो मावलीपट्टिका आफन्त पर्छन । म नेपालमा छु । यहाँका मानिस मप्रति निकै उदार भावना राख्छन । यो मलाई उनीहरुको सबैभन्दा मनपर्ने बानी हो | हरेक प्रकारका मानिसहरुको स्पर्श मैले महसुस गरेको छु । स साना बच्चाहरुले मलाई ओठमा च्यापेर अनौठो प्रकारले मेरो अस्तु उडाएको देख्दा मलाई बडो रमाईलो लाग्छ । सामान्य झुपडीमा बस्ने धनबहादुर धनकुमारी देखि लिएर म...