प न्चायतको हावा खाएर बित्नुभएको मेरो हजुरबा उहीँ फाटेको चप्पल अनुहारमा एकनासको अलमल लिएर हिजो पनी मेरो सपनामा आउनुभयो र भन्नुभयो नाति देश अझै बन्न सकेको छैन है ? हहुरबाले निरासाको गहिरो सुस्केर हालेर बोलिरहदा म झस्याङ्ग भएर निन्द्राबाट ब्युझिए..... हजुरबालाई नेपाल बन्छ भन्ने बिश्वास कहिल्यै लागेन । राजाको जर्जर शासन , बिपिको थरथर राजनीती देखेर हैरान हुनुहुन्थ्यो । फुरफुर बहुदलले मेरा बाको नेपाल बन्ने सपना चकनाचुर भयो । अहिले हामीले बरबर मात्रै गर्ने नेता पाएका छौ , अनि बदलामा सर्बमान्य हुनेगरी कानुनी तवरले गणतन्त्रान्तिक मुलुकका सुखीत जनताहरु भनेर कागजी अक्षरमा गुलाम भएका छौ , त्यसैभित्र हाम्रो नीति नियम चलिरहेको छ ,हामी चलिरहेका छौ राजनितिक पद्दती चलिरहेको छ । सुखी र समृद्ध भन्ने शब्दकोशका दुई बाक्य आज सबैभन्दा बढी कलंकित बनेको छ । शक्ति र सम्पन्नताको लोभमा फसेको मानिसले आफ्नो चरित्र हत्या गर्छ , उभित्र चेतना रहदैन । उ आफुले गर्ने हरेक दुष्ट प्रयासलाई नितिपरक ठान्छ । आज नीति नियम सिद्धान्त बिपरित चलिरहेको छ , अमरकोष लास बनेको छ , हितोपदेश सहिद भएको छ । मलाई पनि मेरो देश बन्छ जस्...