Posts

Showing posts from August, 2021

चुरोट : आत्मकथा | Ciggrate : Autobiography |

Image
नमस्कार ,मेरो नाम चुरोट हो । अंग्रेजका दाजुभाईले मलाई सिगरेट पनि भन्छन । मेरो आमाको नाम पनि चुरोट ,बाको नाम पनि चुरोट र दाजुबहिनीको नाम पनि चुरोट नै हो । मेरो नाम कुन युगको कुन दिनमा राखियो ,त्यो म ठोकुवा नै गरेर भन्न सक्दिन । तर मेरो ईतिहास मानब सभ्यता जत्तिकै पुरानो छ । मेरो लिंग के हो ,गोत्र के हो ,राशि के हो ,मलाई थाहा छैन । मानिसहरुलाई सायद समाज बिस्तार र आर्थिक क्रान्ति गर्दा गर्दै मेरो लिंग छुट्टाउने फुर्सद नै भएन । मेरो जन्मघर factory हो ,मामाघर थाहा छैन ,सायद सर्बिया हुनुपर्छ । त्यहाँ म अत्याधिक रुचाईन्छु अरे । अझ नातावादको जालोमा बाधिएर प्रसंग कोट्टाउने हो भने धुवा आउने जति सबै मेरा बुबा पट्टिका आफन्त हुन् र धुवा नआउने सबै नसाजन्य सामाग्री मेरो मावलीपट्टिका आफन्त पर्छन । म नेपालमा छु । यहाँका मानिस मप्रति निकै उदार भावना राख्छन । यो मलाई उनीहरुको सबैभन्दा मनपर्ने बानी हो | हरेक प्रकारका मानिसहरुको स्पर्श मैले महसुस गरेको छु । स साना बच्चाहरुले मलाई ओठमा च्यापेर अनौठो प्रकारले मेरो अस्तु उडाएको देख्दा मलाई बडो रमाईलो लाग्छ । सामान्य झुपडीमा बस्ने धनबहादुर धनकुमारी देखि लिएर म...

अकविता : खोला

Image
खो लाहरु कस्ता हुन्छ्न? कसरी माछाहरुले ढडिया छल्छन ? माछिहरुले कसरी गुजारा चलाउछ्न? कसरी खोलाहरु बेगले बग्छ्न खेल्नेहरु कसरी कुना काप्चा लुक्छ्न? ढुङ्गाहरु कसरी बालुवा बन्छ्न ? बालुवामा कसरी कर्कलो जन्मिन्छ? कसरी? मलाई थाहा छैन एकबार अम्मी जानको नजर छलेर पर परसम्म खोला खोज्न निस्किएको थिए खोला खोला भनेर चिच्चाए आउ , आउ भनेर बोलाए न मैले खोला भेट्टाए न मलाई खोज्दै खोला आयो दुबै दुबैतिर हराईरह्यौ पछि अबुजानले मलाई भेट्टाएपछी भन्नुभयो छोटेमिया , हाम्रा खोलाहरु किताबमा छ्न किताबभित्रै छल्किन्छ्न हामी समतलमा बस्छौ हाम्रा खोलाहरु किताबभित्रै बाच्छन किताबसङ्गै मर्छ्न ! बग्दैनन , भेटिदैनन यहाँ जिवनका आसामात्र भेटिन्छ्न जिवनलाई हुकुम गरेर बसिरहन्छ्न, बाचिरहन्छ्न मेरो अबुजानले आकास हेरेर बोलिरहनुभयो मेरो अबुजानले जादु देखाउनुहुन्छ म खोला खोला भन्दै रोएको दिन माथिबाट धेरै थोपाहरु खस्छ्न मम्मीजान सुनाउनुहुन्छ हाम्रो अल्लाहसङ्ग थोपाहरु छ , खोला छैन परपर टोलाएर हेर्दा मम्मीजानको आखामा पनि खोला देखिन्छ अबुजानको आखामा पनि खोला देखिन्छ मेरो आखामा पनि खोला देखिन्छ तर पर परसम्म खोला भेटिदैन अबुजान भ...